१३ असार २०८३, शनिबार

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

कात्तिक २०, २०७४
चट्याङ लागेर एकको मृत्यु, दुई घाइते


सिन्धुली, ६ वैशाख - सिन्धुलीमा आज साँझ हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर एक जनाको ज्यान गएको छ । अरु दुईजना भने घाइते भएका छन् ।

चट्याङ लाग्दा कमलामाई नगरपालिका–११ राउन्डेकी ३४ वर्षीया बेलकुमारी श्रेष्ठको मृत्यु भएको स्थानीय बुद्धिराज श्रेष्ठले बताउनुभयो । खेतमा घाँस काटिरहेको अवस्थामा चट्याङले लागेर श्रेष्ठको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, सिन्धुलीकै कमलामाई नगरपालिका–२ भद्रकालीमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन् । भद्रकालीस्थित जुम्लीडाँडाकी ३६ वर्षीया सीतामाया स्याङबा र सोही ठाउँकी १५ वर्षीया विष्णुमाया गोले घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्