०९ असार २०८३, मंगलबार

कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव हट्यो संसद्को कार्यसूचीबाट

फागुन २९, २०७६
कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव हट्यो संसद्को कार्यसूचीबाट

लिम्पियाधुरासहितको नेपाली भूमि मिचेर भारतले जारी गरेको नक्शा सच्याउन तथा कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता पठाउन माग गर्दै सत्तारुढ सांसदले दर्ता गराएको संकल्प प्रस्ताव बिहीवार प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ ।

सचिवालयले बुधवार प्रकाशित गरेको बिहीवारको सम्भावित कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल तय गरिएको थियो ।

नेकपा सांसद खगराज अधिकारीले सदनमा दर्ता गराएको संकल्प प्रस्तावमा छलफल गर्ने बिहीवारको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा उल्लेख थियो ।

संसदले बिहीवार प्रकाशित गरेको कार्यसूचीमा संकल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम हटाइएको छ । 

यसअघि बसेको बैठकमा सभामुख अग्नि सापकोटाले आगामी बैठकमा छलफल गराउने बताएका थिए ।

यसअघिको बैठकमा पनि कार्यसूचीमा चढेको थियो ।

संसद्को आगामी बैठकमा यो कार्यसूची समावेश गरिने सचिवालयका एक अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्