२७ असार २०८३, शनिबार

सभामुखलाई सांसद्को अप्ठ्यारो प्रश्न– उपसभामुख निर्वाचन गर्न कसले रोक्यो ?

फागुन २९, २०७६
सभामुखलाई सांसद्को अप्ठ्यारो प्रश्न– उपसभामुख निर्वाचन गर्न कसले रोक्यो ?
फाइल फोटो

सभामुख निर्वाचन भएको ४६ दिन पूरा भइसक्दा उपसभामुख निर्वाचित हुन नसकेकोप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसकी एक सांसदले सभामुख अग्नि सापकोटासँग प्रश्न गरेकी छन् । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले सभामुख निर्वाचित भएको ४६ दिनसम्म उपसभामुख चयन गर्न नसक्नुको कारण माग गरेकी हुन् ।

‘यति लामो समयसम्म उपसभामुख रिक्त राख्न नपाइने कुरा नयाँ संविधानमा कतै देखिनँ । संविधानको धारा ९१ को प्रावधानले रोकेको जस्तो छ, सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने छ, यो सरकारको महिलाप्रति हेर्ने दृष्टिकोण सही छैन, अर्को दलको अनुहार हेर्नै चाहँदैन,’ उनले भनिन् । 

उनी बोल्दै गर्दा एक मिनेटको समय सकियो । उपसभामुख निर्वाचन किन रोकियो भन्ने प्रश्नमा सभामुखले कुनै जवाफ दिएनन् ।
 

कमेन्ट गर्नुहोस्