×

NMB BANK
NIC ASIA

साढे ३ वर्षदेखि रोकिएको बुटवलको मुख्य बजार क्षेत्र (राजमार्ग चौरहा–चिडियाखोला) को सडक विस्तार कार्य अगाडि बढ्ने भएको छ ।

Muktinath Bank

सडक मिचेर बनेका संरचना हटाएर सडक विस्तार गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत अनुमति दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवलका १५५ जना घरधनीले जिल्लामा गठित मुआब्जा निर्धारण समिति रुपन्देहीको निर्णय चित्त नबुझाएर गृह मन्त्रालयमा पुनरावेदन दिएका थिए ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुधवार सडक आयोजनाका नाममा सूचना जारी गरी गृह मन्त्रालयले मुआब्जा निर्धारण समिति रुपन्देहीको २०७६ माघ ३ गतेको निर्णय नै उपयुक्त भनेकाले घरधनीको जिकिरलाई केही गर्न आवश्यक नरहेको उल्लेख गरेको छ ।

Vianet communication
Laxmi Bank

गृहको निर्णय र प्रशासनको सक्रियताले बुटवलको सडक विस्तार हुने देखिएको हो । घरधनी महेश्वरप्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पुनरावेदन दिइएको थियो ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मुआब्जाका लागि गृह मन्त्रालयमा पुगेका १५५ जनामध्ये ५ जनाबाहेक अन्य कसैलाई पनि मुआब्जा दिन आवश्यक नदेखिएको बताए ।

सहायक प्रजिअ शर्माले लोकान्तरसँग भने, ‘सडक विस्तार कार्य अब अगाडि बढ्छ । ५ जना घरधनीको कागजात छानबिन भइरहेको छ । अन्य कुनै पनि घरधनीलाई मुआब्जा दिन आवश्यक देखिएको छैन । गृह मन्त्रालयले पनि हाम्रो निर्णयलाई सदर गरी पठाएको छ ।’

७५ फूट रहेको सडकलाई ८२ फूट कायम गर्न लागिएको हो । सडक विस्तार रोकिएर कुरूप देखिएको ५ नम्बर प्रदेशको अस्थायी राजधानी समेत रहेको बुटवलको मुटु (बजार क्षेत्र)मा अवरोध सिर्जना गरेका घरहरू भत्काउने तयारी सडक डिभिजन कार्यालय बुटवलले थालेको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने ३.७ किलोमिटर सडक ‘सिक्स लेन’ बनाउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले हेर्दै आएको आयोजना सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत हस्तान्तरण भएको छ ।

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले सडक विस्तार गर्न अवरोध गरेका घर–पसल भत्काउन बाटो खुलेको बताए ।

उनले लोकान्तरसँग भने, ‘गृहले हामीलाई सडकमा परेका घर भत्काउन आदेश दियो । अब  १–२ दिनभित्र बढीमा १५ दिने सूचना जारी गरी घर हटाउने समय दिन्छौं । दिएको समयमा पनि नहटाए डोजर लगाएर भत्काउँछौ । बुटवल बजार सुन्दर बन्छ ।’ 

अवरोध पुर्‍याउने ५ घरधनीलाई थप कागजात र प्रमाण पेश गर्न बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाले आग्रह गरेको थियो । सडक खण्डमा सडक क्षेत्र अतिक्रमण गरी बनेका १५६ घरमध्ये ६ जनाको घरजग्गाबारे थप प्रमाण आवश्यक परेकाले १५ दिनभित्र पेश गर्न आयोजनाले सूचना जारी गरेको छ ।

सडक डिभिजन कार्यालयका लेखा अधिकृत ईश्वरी देवकोटाले अदालती प्रक्रियाले सडक विस्तार गर्न झन्झट देखिँदै आएपनि अब विस्तार कार्य अगाडि बढ्ने बताए ।

बुटवलका ३११ घर ८२ फूटभित्र परेका थिए । त्यसमध्ये १०० भन्दा बढी घरधनीले सडक संरचनाभित्र परेका आफ्ना घरहरू हटाइसकेका छन् ।

बुटवल–बेलहिया सडक आयोजनाले २०३४ साउनभन्दा अगाडि बनेका २२६ घरका धनीलाई ४ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ ।

नेकपा महासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल विकास निर्माण कार्यमा कसैले अवरोध गर्न नहुने बताउँछन् । पौडेलले बुटवलको सडक विस्तार नरोकिने कुरा पटक–पटक बताउँदै आएका थिए ।

‘बुटवलको मुटु यो सडक विस्तार कार्यलाई अवरोध गर्न कसैले पनि आवश्यक छैन । यो सडक विस्तार गरेपछि बुटवलको मुहार फेरिनुका साथै सुन्दर देखिन्छ,’ उनले भने ।

२०७५ वैशाख ४ गते आयोजनाले सडक मिचेर बनेका घरहरू भत्काउन डोजर चलाएपनि घरधनी, राजनीतिक दल र संघ–संस्थाले विरोध गरेका थिए । पुनः व्यवसायीले सडक विस्तार रोक्न माग गर्दै रिट निवेदन दिएका थिए । सडक निर्माणको ठेक्का कञ्चनजंघा बिरुवा जेभीले पाएको थियो ।

घरधनी महेश्वर श्रेष्ठले आफूहरूलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए । उनले भने, ‘मेरो घर २०२८ सालमा बनेको हो । त्यसको नक्शा र पूर्जा पेश गरेको छु, तर मुआब्जा पाएको छैन ।’ 

अर्का घरधनी गणेश क्षेत्रीले गृहको आदेश मान्न आफू तयार रहेको बताए । उनले भने, ‘हामी वास्तवमा पीडित छौं । राज्यले हामीहरूलाई समस्या पारेको छ तर अन्तिममा आएको गृहको निर्णय मान्छु ।’

मुख्यमन्त्री शंकर पोखरेलले विकास रोक्न पैसा बोकेर अदालत नजान घरधनीलाई आग्रह गरेका थिए ।

यसअघि बुटवलस्थित प्रादेशिक अस्पतालका सटर व्यवसायीले सटर छाड्न अटेर गरेपछि सामाजिक विकास मन्त्रालयले डोजर चलाएर ७३ वटा सटर खाली गराएको थियो ।

बुटवलको सडक विस्तार रोकिँदा बुटवल–बेलहिया सडक पूरा हुन सकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x