१९ असार २०८३, शुक्रबार

कर्णालीका मन्त्री ज्वाला भन्छन्-विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन

फागुन २९, २०७६
कर्णालीका मन्त्री ज्वाला भन्छन्-विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन

कर्णाली प्रदेशका आथिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकासको गतिमा ‘ब्रेक थ्रु’ गर्न नसकिएको बताएका छन्। 

आर्थिक पत्रकार महासंघले बिहीबार वीन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कर्णालीको भौगोलिक बनोट तथा विविध कारणले गर्दा सोचेअनुरुपको विकास गर्न नसकिएको हो।’ 

मन्त्री ज्वालाले भने, ‘पुरानै सोचाइ कायम हुँदा सोचेअनुरुप विकास हुन सकेन। जसले गर्दा विकास बजेट उत्साहजनक खर्च हुन सकेन। कतिपय अवस्थामा काम भएता पनि प्रगति देखाउन सकिएको छैन।’ 

उनले कर्णाली प्रदेश राजश्व संकलनमा सुधार हुँँदै गइरहेको उल्लेख गर्दै सङ्घीय सरकारसँग समन्वय गरेर जडीबुटीमा लगानी गर्न सके राजश्वको परिमाण अझ बढाउन सक्ने बताए। 

salt training

कमेन्ट गर्नुहोस्