२२ असार २०८३, सोमबार

कोरोना फैलिएका थप देशको भिसा रोक्ने सरकारको निर्णय

फागुन २९, २०७६
कोरोना फैलिएका थप देशको भिसा रोक्ने सरकारको निर्णय

सरकारले कोरोना भाइरसको संक्रमण देखिएका थप मुलुकको भिसा रोक्ने निर्णय गरेको छ। 

बिहीबार उच्चस्तरीय समन्वय समिति बिहीबारको बैठकले युरोप र केही मध्यपूर्व मुलुकको पनि भिसा रोक्ने निर्णय गरेको हो।  थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उनले खुलाएनन्। 

 सरकारले यसअघि केही मुलुकको भिसा रोकेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरिसकेको छ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाका अनुसार ती मुलुकमा तत्कालका लागि पर्यटक भिसा दिइने छैन।  त्यस्तै सरकारले भारतसँगको सीमा नाकामा हुने आवतजावतलाई पनि सीमित गर्ने र चेकजाँच कडा बनाउने निर्णय गरेको छ। यसका लागि गृहका साथै परराष्ट्र मन्त्रालयले भारत सरकारसँग समन्वय गर्नेछ।
 

salt training

कमेन्ट गर्नुहोस्