
कोरोना भाइरस (कोभिड–१९) को त्रास खेलकुद क्षेत्रमा पनि फैलिएको छ ।
कोरोना संक्रमणको उच्च जोखिम रहेपछि आसन्न युरो कप समेत सर्ने भएको छ । युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले युरो कप २०२० को खेल तालिका सार्ने जनाएको हो ।
कोरोना भाइरसको त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ ।
च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हुने दोस्रो लिग खेल स्थगित भएको हो ।
पछिल्लो पटक कोरोनाका कारण रियलका खेलाडी क्वारेन्टाइनमा राखिएकाले यो खेल स्थगित गरिएको हो ।
मार्च १७ तारिखमा हुने भनिएको यो खेल अर्को सूचना नआउँदासम्मका लागि स्थगित भएको बताइएको छ ।
कोरोना त्रासकै कारण युभेन्ट्स र लियोनबीचको दोस्रो लिग पनि स्थगित भएको छ । दोस्रो लेगको खेल मार्च १७ मा युभेन्ट्सको मैदानमा हुने तय भएको थियो ।