
लघुवित्त संघ नेपालको अध्यक्षमा बुटवलका जगतबहादुर पोखरेल चयन भएका छन् ।
शुक्रबार काठमाडौंमा सम्पन्न देशभरका ९१ वटा लघुवित्त संस्थाको प्रथम भेलाले बुटवलका पोखरेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।
पोखरेल बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त तथा वित्तीय संस्थाका अध्यक्ष हुन् ।
यस्तैगरी उपाध्यक्षमा भगवती चौधरी र मणिरत्न शाक्य, महासचिवमा बाबुराम विश्वकर्मा, सचिवमा अनन्त श्रेष्ठ र कोषाध्यक्षमा नरेश केसी चयन भएका छन् ।
सदस्यहरूमा बाबुराम थापा, किरण चौधरी र विमला उपाध्याय रहेका छन् ।
नेतृत्वमा आएपछि लोकान्तरसँग कुराकानी गर्दै पोखरेलले लघुवित्तहरूलाई उत्कृष्ट माइक्रोफाइनान्सको रूपमा विकास गर्ने बताए ।
उनले भने, ‘लघुवित्त क्षेत्रका विकृति विसंगतिलाई हटाउँछु । वित्तीय क्षेत्रमा लघुवित्तहरूलाई उत्कृष्टता कायम गराउने प्रयास गर्नेछु ।’
पछिल्लो समय लघुवित्त वित्तीय संस्थाप्रति आकर्षण बढ्दै गएको छ ।
पोखरेलसँग १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।