१३ असार २०८३, शनिबार

चितवनमा कोरोना संक्रमित आशंका गरिएकाको रिपोर्ट नेगेटिभ

फागुन ३०, २०७६
चितवनमा कोरोना संक्रमित आशंका गरिएकाको रिपोर्ट नेगेटिभ
प्रतीकात्मक तस्वीर

भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

प्रयोगशलाबाट प्राप्त नतिजाको आधारमा आशंका गरिएका व्यक्तिमा कोरोनाको सङ्क्रमण नरहेको उनले जानकारी दिए ।

भरतपुर अस्पतालबाट यसअघि पठाइएका दुई वटा नमूनाको नतिजा पनि नेगेटिभ आएको थियो । अस्पतालले कोरोनाको सङ्केत देखिएका व्यक्तिलाई आइसोलेसन वार्डमा राखेर नमूना परीक्षणका लागि काठमाडौँ पठाउने गर्दछ ।

अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका बिरामीलाई राख्नका लागि १९ श्याको आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा श्रीराम तिवारीले कोरोनाको सङ्क्रमण फैलन नदिनका लागि अस्पतालमा उच्च सतर्कता अपनाइएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्