२३ असार २०८३, मंगलबार

स्थानीय चुनावका लागि दलित उम्मेदवार पाउन सकस

कात्तिक २०, २०७४
स्थानीय चुनावका लागि दलित उम्मेदवार पाउन सकस

धनगढी, ७ वैशाख– हरेक वडामा एकजना दलित महिला सदस्य अनिवार्य चुन्नुपर्ने कानुनी प्रावधानले कैलालीका राजनीतिक दल दलित महिला उम्मेदवार नपाउँदा समस्यामा परेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायत दलले अधिकांश वडामा दलित महिला उम्मेदवार पाउन सकेका छैनन् । दलित महिला उम्मेदावरको खोजीमा दलका नेता लागे पनि सबै वडामा ठूला दलले समेत उम्मेदवार पाउन नसकेको बताइएको छ ।

दललाई उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकास बमले बताए । दलित महिला उम्मेदवारको अभावकै कारण एकजना दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारीस्वरुप तीन दलका नेता छुट्टाछुट्टै रुपमा ती महिलाको घरमा पुगेर आ–आफ्नो पक्षमा पार्ने प्रयाससमेत गर्ने गरेको देखिएको छ ।

एमाले नेत्री कलावती जोशीले वडामा दलित महिला उम्मेदवार पाउने समस्या ठूलो देखिन थालेको बताइन् । ‘पाँच ठूला दलका लागि मात्र जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ,’ उनले भनिन् ।

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन थप समस्या सिर्जना हुने देखिएको छ ।

६ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा १ सय २६ वडा छन् । ‘पार्र्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन,’ काँग्रेसका जिल्ला उपसभापति बमले भने, ‘तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ ।’

नेकपा माओवादी केन्द्रका नेता हरि चौधरी (उत्सव) ले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गरे । अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भएपनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्