०२ असार २०८३, मंगलबार

आइपिएल सर्‍यो

चैत १, २०७६
आइपिएल सर्‍यो

चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) तत्कालका लागि रोकिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को आयोजनामा हुने आइपिएल कोराना भाइरसकै कारण स्थगित गरिएको अध्यक्ष गौरभ गांगुलीले शुक्रबार भारतीय एजेन्सीलाई जानकारी दिएका छन् । बिसिसिआईका अध्यक्ष गांगुलीले आफूहरूले पहिलो प्राथमिकतामा खेलाडीको सुरक्षालाई हेरेको बताएका छन् । 

‘हाम्रो पहिलो प्राथमिकता नै खेलाडी हुन्, त्यसपछि मात्र खेल आउँछ,’ उनले भने, ‘खेलाडीलाई सुरक्षित बनाउन नै हामीले आइपिएल तत्कालका लागि स्थगित गरेका हौँ ।’ सबै अवस्था सामान्य भए आइपिएल १५ अप्रिलबाट सुरु गर्न सकिने गांगुलीले बताएका छन् । ‘अहिले केही भन्न सकिने अवस्था छैन, अवस्थामा सुधार आउँदा १५ अप्रिलदेखि नै आइपिएल सुरु गर्ने योजनामा छौँ,’ गांगुली भन्छन्, ‘हामीले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय खेल पनि रद्द गरेका छौँ ।’ 

सरकारले सबै किसिमका खेलकुद गतिविधि रोक्न निर्देशन दिएपछि आइपिएल पनि स्थगित भएको हो । भारतमा अहिलेसम्म ८० व्यक्तिमा कोरना भाइरस संक्रमण देखिएको छ । यसैगरी, एक सय ३० जनालाई संक्रमण भएको आशंका गरिएको छ । भारतमा हालसम्म कोरोना संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ भने १२ राज्य प्रभावित भएका छन् । भारत सरकारले खेलकुद गतिविधि नगर्न भनेपछि आइपिएलमा आबद्ध ६४ विदेशी आफ्नै राष्ट्रमा बस्नुपरेको छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्