२१ जेठ २०८३, बिहीबार

बस र अटो रिक्सा ठोक्किँदा १ जनाको मृत्यु, ४ जना घाइते

चैत १, २०७६
बस र अटो रिक्सा ठोक्किँदा १ जनाको मृत्यु, ४ जना घाइते
प्रतिकात्मक तस्वीर

कैलालीको अत्तरियामा बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नम्बरको अटो एकआपसमा शनिवार ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली  घाइते भएका छन् ।

चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्