२५ जेठ २०८३, सोमबार

शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरसको डर, पूर्व निर्धारित कार्यक्रम नगरी फिर्ता

चैत १, २०७६
शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरसको डर, पूर्व निर्धारित कार्यक्रम नगरी फिर्ता
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् ।

शनिवार उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । 

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा  तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा भवनको उद्घाटन नगरेका जनाइएको छ । 

सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा  हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामा समेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्