
घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउन माग गरेको छ।
कोरोनाका कारण अर्थतन्त्र शिथिल हुदा घरबहालमा बस्ने झनै मारमा परेको भन्दै महासंघले बहाल भाडा घटाउन सरकारले वातावरण बनाउनु पर्ने माग गरेको हो।
महासंघले शनिबार विज्ञप्ति जारी गरेर कोरोनाका सन्त्रासका कारण मूल्यबृद्वि आकाशिएको, कालोबजारी मौलाएको र व्यापार तथा व्यवसायमा समेत ठूलो असर परेको उल्लेख गर्दै घर बहालमा बस्नेहरु झनै पीडित भएको बताएको हो।
महासंघले कोरोना भाइरसको सन्त्रासबीच घरभाडा न्यूनीकरण गराउन र व्यवसायिक रूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष बलभद्र खनालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसाय र घरबहालमा देखापरेका समस्याप्रति सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरे।
का छन् । उनले भने,‘कोरोना भाइरसको सन्त्रासले आम नेपाली जनताले अहिले भीषण परिस्थिती सामना गरिरहेका छन् ।’