२३ जेठ २०८३, शनिबार

सार्क राष्ट्रहरूको भिडियो सम्मेलन आज

चैत २, २०७६
सार्क राष्ट्रहरूको भिडियो सम्मेलन आज

विश्वव्यापी महामारीका रूपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आइतवार भिडियो सम्मेलन गर्ने भएको छ । 

कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत समाधानको उपाय खोज्नेछन् । सार्क सचिवालयका अनुसार आइतवार साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो । 

जहाँ सार्क राष्ट्र प्रमुख भिडियो सम्मेलनमा लाइभ प्रस्तुत भएर आफ्ना अनुभव र समाधानका उपायका बारेमा गम्भीर छलफल गर्नुहुनेछ । 

भिडियो कन्फ्रेन्समा उठान हुने मुख्य विषय कोरोना भाइरस नै रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले पुष्टि गरे । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्