संयुक्त राज्य अमेरिकाको मिचिगनमा सुनौलो रंग भएको एउटा कुकुरको एउटामात्र कान छ, त्यो पनि माथि फर्किएको । यही कारणले उक्त कुकुरलाई 'युनिकर्न' नाम दिइएको छ ।
उक्त कुकुर जन्मिनेबित्तिकै भेटेनरी अस्पतालमा सर्जरीका लागि ल्याइएको थियो ।
अहिले १२ हप्ताको भइसकेको उक्त कुकुरको नाम राई राखिएको छ । उसलाई अस्पतालका अधिकारीहरूले हेरचाह गरिरहेका छन् ।
एउटामात्र कान भएपनि कुकुरमा सुन्ने क्षमता उत्तिकै रहेको बताइएको छ ।
'मैले जब उक्त कुकुरलाई पहिलोपल्ट देखें, मलाई यो सजिलै उपचार हुने केस लागेन,' भेटेनरी अस्पतालका एक पशु डाक्टरले स्थानीय सञ्चारमाध्यमसँग भने ।
उक्त कुकुर टिकटक र अन्य सामाजिक सञ्जालमार्फत भाइरल भइरहेको छ । 'उसको कान खासमा साइडमा थियो, सर्जरी गरेपछि अहिले सिधा माथि बढिरहेको छ,' भेटेनरी अस्पतालका ती डाक्टरले भने ।