०५ साउन २०८३, मंगलबार

अपांगता भएका थापालाई मदरल्याण्डका विद्यार्थीको डेढ लाख सहयोग

अपांगता भएका थापालाई मदरल्याण्डका विद्यार्थीको डेढ लाख सहयोग

पोखरामा रहेको मदरल्याण्ड माविका विद्यार्थीले अपांगता भएका युवक कृष्ण थापालाई १ लाख ६२ हजार रुपैयाँ सहयोग गरेका छन्।

सञ्चारकर्मी सन्जोग बस्यालले निर्देशन तथा निर्माण गरेको डकुमेन्ट्री ‘कृष्ण’ अ स्टोरी अफ सेल्फ डिपेन्डेन्स डकुमेन्ट्री हेरेपछि उनीहरुलाई सहयोग गरेका हुन्।  कृष्ण उक्त डकुमेन्ट्रीका नायक हुन्।

विद्यालयमा रहेको काइण्डनेस क्लब मदरल्याण्डले सहयोगको लागि विद्यालयका विद्यार्थीहरु सहयोग उठायो । त्यसमा विद्यालयका शिक्षकहरुले पनि साथ दिए । 

आइतबार विद्यालयमा एक कार्यक्रम गरेर विद्यालय र विद्यार्थीहरुले कृष्णथापालाई नगद १ लाख ६२ हजार २७ रुपैया सहयोग गरेको छ। कृष्णकी आमा विष्णुमाया थापा र कृष्ण थापालाई विद्यालयका निदेशक त्रिभुवन शर्मा, प्रिन्सिपल नारायण बराल, बित्त निदेशक कृष्ण बराल, प्लस टु इन्चार्ज नारायण आर्चाय, काइण्डनेस क्लब मदरल्याण्ड क्लबकी अध्यक्ष दिप्ती भण्डारी लगायतले चेक हस्तान्तरण गरेका थिए। 

हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण बरालले विद्यार्थीलाई दया मायाको शिक्षाको प्रयोगात्मक सिकाइ भएको बताए। राष्ट्रिय अपाङ महासंघका सदस्य विष्णु सिग्देलले यस्ता सहयोगले अझ काम गर्न उत्पेरणा दिने बताए। 

पत्रिका बेच्ने अपांगता भउका युवक कृष्ण थापाको जीवनीलाई प्रस्तुत गरिएको डकुमेन्ट्रीमा समेटिएको छ। डकुमेन्ट्रीलाई प्रकाश गुरुङ काशले खिचेका छन् भने जितेश प्रधानको सम्पादन, अंग्रेजी अनुवाद गणेश पौडेल र दिपक थापाले गरेका छन् । 
 

कमेन्ट गर्नुहोस्