३० जेठ २०८३, शनिबार

कास्की केन्द्रविन्दू भएर भूकम्प

कास्की केन्द्रविन्दू भएर भूकम्प

आइतबार राति कास्कीमा भूकम्प गएकाे छ।

आइतबार राति ८: ४५ बजे कास्कीकाे लुम्ले क्षेत्रमा केन्द्रविन्दू भएर भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। केन्द्रका अनुसार ५ म्याग्‍नि-च्युडको भूकम्प गएकाे हाे।

 कास्कीमा भूकम्प जाँदा त्यसकाे धक्का काठमाडाैँमा पनि महसुस गरिएकाे थियाे।

 कास्कीमा भूकम्प जाँदा पोखराका स्थानीय घरघर निस्केका थिए। लुम्ले केन्द्रबिन्दु भएको हुँदा सो क्षेत्रका स्थानीयले ठूलो धम्का महसुस भएको र घर हल्लिएको बताएका छन्।

भूकम्पको केन्द्रविन्दू रहेको भनिएको लुम्ले क्षेत्रमा हालसम्म कुनै क्षति भएको विवरण छैन।

यसअघि गत पुस १७ गते कास्कीको घाचोकलाई केन्द्रबिन्दु बनाएर ३ दशमलव ८  रेक्टर स्केलको भूकम्प गएको थियो ।  

 

 

salt training

कमेन्ट गर्नुहोस्