कोरोना भाइरसको संक्रमणको आशंकामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
अर्थात् उनमा कोरोनाको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार अस्पताल भर्ना भएका ती युवालाई सामान्य भाइरल रुघाखोकी भएको पुष्टि भएको छ।
२१ वर्षीय ती युवक फागुन अन्तिम साता लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए।
५ नम्बर प्रदेशमा सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा कोराना भाइरस संक्रमणको जोखिम न्युनीकरण व्यवस्थापन निर्देशन समिति गठन गरिएको छ।