१२ असार २०८३, शुक्रबार

प्रिय सरकार ! कोरोनाले भूकम्पभन्दा धेरै त्रास छ, स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस् !

प्रिय सरकार ! कोरोनाले भूकम्पभन्दा धेरै त्रास छ, स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस् !

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट जोगिन विज्ञहरूले आकस्मिक सेवाबाहेक अन्य उडान बन्द गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले संक्रमणबाट जोगिनाका लागि त्रासलाई न्युनीकरण गर्नुपर्ने लगायतका सुझाव दिएका छन् । 

जनस्वास्थ्य विज्ञ डा‍‌‍. रवीन्द्र पाण्डेले सरकारले संक्रमणबाट जोगिन सरकारले कम्तिमा एक महिना आकस्मिक बाहेकका अन्य उडान बन्द गराउन सरकारको ध्यानाकर्षण गराए । उनले कोरोना संक्रमणबाट जोगिनका लागि दिएका सुझावहरू :

प्रिय सरकार,
- कोरोना संक्रमित देशहरुका प्लेन चलिरहेका छन्, मान्छेहरु निर्बाध आइरहेका छन् | कोरोना संक्रमणको डाटा पर्खेर नबसौं | सलाइका काँटी यत्रतत्र छरिएका हुन सक्छन | आगोलाई नपर्खौं | एक महिना आकस्मिक सेवाका बाहेक अन्य उडान बन्द गरौँ |

- भूकम्पको समयमा जुन स्तरको त्रास थियो, अहिले त्यो भन्दा धेरै त्रास छ | त्रासलाई न्यूनीकरण गरौँ |

- चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षा गाउन, चस्मा तथा मास्क बेच्ने ब्यबस्था गरौँ | कोरोना संक्रमण फैलियो भने स्वास्थ्यकर्मी भाग्ने स्थिति नआओस |

- भीडभाडलाई बन्द गरौँ | यो एक महिना सबै भीडभाड बन्द गर्यौं भने हामी सुरक्षित हुनेछौं | भीडभाड बन्द ऐच्छिक हैन अनिबार्य गरौँ | कहाँ कहाँ भीडभाड हुन्छ, सरकारलाई अवगत नै छ |

- मास्क तथा स्यानिटाइजर प्रत्येक जिल्लामा तथा स्थानीय निकायमा बनाउनको लागि तालिम प्रदान गरौँ |

- नाइट क्लब लगायत बिदेशीको घनत्व हुने ठाउँ पहिचान गरेर १ महिना बन्द गरौँ | पर्यटक सुरक्षित राख्न ढिलो नगरौं |

- रोग पहिचानको जिम्मा विकेन्द्रित गरौँ | यथेष्ट किटको ब्यबस्था गरौँ |

- १/२ महिना बन्द हुँदा काम गरेर खाने न्यून आय भएका व्यक्तिलाई सामाजिक सुरक्षा अन्तर्गत राहत दिने काम गरौँ | समाजबाद उन्मुख संबिधान र सर्वहाराको सरकार भएको अनुभूत दिलाऔं |
 

salt training

कमेन्ट गर्नुहोस्