२२ जेठ २०८३, शुक्रबार

हिजो दिनभर : कोरोनाविरूद्ध सार्क मुलुक एकजुट, सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

हिजो दिनभर : कोरोनाविरूद्ध सार्क मुलुक एकजुट, सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

कोरोनाविरुद्ध आपतकालीन कोष प्रस्ताव गर्दै मोदीले घोषणा गरे १० मिलियन अमेरिकी डलर सहयोग

कोरोना भाइरसविरुद्ध लड्नका आपतकालीन कोष स्थापनाको प्रस्ताव गर्दै भारतले प्ररम्भिकरूपमा आफूले १० मिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

राष्ट्र सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

कोरोनाविरुद्ध लड्न प्रारम्भिकरूपमा १० मिलियन डलर कोषमा जम्मा गर्ने घोषणा गर्दै मोदीले उक्त कोषमा सहभागी हुन सदस्य राष्ट्रहरूलाई प्रस्ताव गरे ।

कोषमा जम्मा भएको रकम सार्क सदस्य राष्ट्रलाई कोरोनाविरुद्ध लड्न आवश्यक पर्दा प्रयोग गर्ने उनको प्रस्ताव छ ।

गोपाल योगी संसद्को कार्यबहाक महासचिव, भट्टराईको अवकाश

संघीय संसद्को कार्यबहाक महासचिवको जिम्मेवारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाएका छन् । 

मनोहरप्रसाद भट्टराईले उमेरहदका कारण आइतवारदेखि अवकाश पाएपछि सभामुख अग्नि सापकोटाले योगीलाई कार्यबहाक महासचिव तोकेका हुन् ।

अर्को व्यवस्था नहुञ्जेल योगीलाई महासचिव तोकिएको सभामुखको सचिवालयले जनाएको छ । 

योगीले भोलिदेखि संसद्को महासचिवले गर्ने काम गर्नेछन् । 

उनी संसद् सेवाको नभई राजनीतिक नियुक्ति पाएर संसद्को सचिव बनेका हुन् ।

सभामुख र राष्टिय सभाका अध्यक्षको सिफारिशमा राष्टपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
 

मुख्यमन्त्रीहरूको माग - प्रदेशमा पनि कोरोना परीक्षण गर्ने ल्याब स्थापना गरियोस् !

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ सँग जुध्न प्रदेशका मुख्यमन्त्रीहरूले सरकारलाई प्रत्येक प्रदेशमा आइसोलेसन बेड र परीक्षण ल्याब बनाउन आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातवटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाएर छलफल गरेका थिए ।

पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत हुन् । करीब ३ घण्टा चलेको बैठकमा कोरोनासँग लड्ने पूर्वतयारीका सन्दर्भमा छलफल भएको थियो ।

छलफलमा प्रदेशबाट प्रतिनिधत्व गर्दै आएका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरूले सबै प्रदेशमा आइसोलेसन वार्डसहितका अस्पताल बनाउन र अहिले काठमाडौँमा मात्र रहेको कोरोना परीक्षण ल्याब सबै प्रदेशमा स्थापना गर्न संघ सरकारले समन्वय गर्नुपर्ने सुझाव दिए ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले संघ सरकारसँग प्रदेशलाई आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनुपर्ने माग गरेको बताए ।

'कोरोना जाँचका लागि प्रदेश स्तरमा ल्याब बनाउने र आइसोलेसन वार्ड थप्न केन्द्र सरकारबाट हामीले सहयोग र समन्वय मागेका छौं,' बरालले भने, 'यसका लागि प्रदेशले तयारी गर्ने र केन्द्रले आवश्यक सहयोग गर्ने कुरा उठ्यो ।'

बरालले आवश्यक नाकाहरू प्रदेश सरकारले सील गर्ने कुरा उठेको बताए । उपप्रधानमन्त्री पोखरेलले बजेटको अभाव नभएको भन्दै प्रदेशले आफ्नो तयारी थाल्न सुझाव दिएको लोकान्तरसँग बरालले बताए ।

पोखरेलले आज भएको छलफलका मुख्य विषयहरूलाई भोलि बस्ने समन्वय समितिको बैठकमा पेश गर्ने बताएका थिए ।

'भोलि संयन्त्रको बैठकमा आजका सुझावहरू पेश हुन्छन्, आवश्यक सबै निर्णय गरिन्छ,' पोखरेलको भनाई उदृत गर्दै बरालले भने ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि आफ्ना प्रदेशमा गरिएका पूर्वतयारीका बारेमा ब्रिफिङ दिएका थिए  ।

विश्वका डेढ सय देशमा हालसम्म करीब डेढ लाख मानिसहरूमा कोभिड १९ को संक्रमण देखिएको छ भने आधाआधी बिरामी निको भएर फर्किसकेका छन् । अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ ।

चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको चिनियाँ स्वास्थ्य विभागले दाबी गरेको छ भने अहिले युरोपका कतिपय देश र अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।

छिमेकी देश भारतमै पनि पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढेको छ ।

नेपालमा माघको तेस्रो सातामा एकजनामा संक्रमण देखिएको थियो तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । करीब ५ सय जनाको परीक्षण गरिएको भएता पनि हालसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति भने निरन्तर बैठक बसेर नयाँ नयाँ रणनीति तय गर्न व्यस्त देखिएको छ । प्रत्येक दिन जसो बैठक बसेर केही न केही निर्णय गरिरहेको समन्वय समितिको अनुगमनको काम भने फितलो रहेको आरोप लाग्दै आइरहेको छ ।

प्रचण्डलाई झापड हान्ने पदम कुवँर संसद भवनमा पक्राउ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई थप्पड हान्ने पदम कुवँरलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र अनुमति विना प्रवेश गरेको भन्दै पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेलले बताए ।

‘संसद भवन अनुमति विना निषेधित क्षेत्र हो,' पोखरेलले लोकान्तरसँग भने, 'उहाँ त्यहाँ बिनाअनुमति छिर्न खोज्दा पक्राउ गरिएको हो ।'

पक्राउ परेका कुवँरले ८ वर्षअघि भृकुटीमण्डपमा आयोजित तत्कालीन माओवादीको चियापान कार्यक्रममा प्रचण्डलाई झापड हानेका थिए ।

मंचमा उभिएर अतिथिहरूसँग हात मिलाइरहेका प्रचण्डलाई अतिथि बनेर गएका कुँवरले झापड हानेका हुन् ।

मन्त्रीले सोधे– मिटर छैन ? ट्याक्सीवालाको जवाफ– छैन हजुर...

विश्व उपभोक्ता अधिकार दिवस मूल समारोह समितिले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ।

उपभोक्ता अधिकारका विषयमा बोल्ने क्रममा मन्त्री भट्टले हालसालैको एउटा प्रसंग सुनाए । ट्याक्सीहरू मिटरमा जान नमान्ने गरेको विषयमा थियो, उनले सुनाएको प्रसंग ।

'मैले ट्याक्सीवालालाई सोधें– त्यहाँसम्म पुग्न कति हो भाडा ? ट्याक्सीवालाले भन्यो– २ सय रुपैयाँ । मैले भनें– मिटर छैन ? ट्याक्सीवालाले भन्यो– ०६८ सालदेखि हाम्रो मिटर चार्ज उही नै छ । मिटरमा हिँड्न सकिन्न हजुर । यो विषयमा अहिलेसम्म कसैले गुनासो गरेन,' मन्त्री भट्टले भने ।

त्यसक्रममा मन्त्री भट्टले उपभोक्ता अधिकारका लागि सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

त्यसक्रममा उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ-संस्था र पत्रकारहरूलाई सम्मान समेत गरिएको थियो ।

सरकारले भन्यो– ४ सय ६४ जनामा कोरोना परीक्षण, एकजना पनि संक्रमित छैनन्

सरकारले नेपालमा हाल कोरोनाभाइरसबाट संक्रमित एकजना पनि नरहेको दाबी गरेको छ ।

४ सय ६४ जनाको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट नआएको (संक्रमण नदेखिएको) सरकारले स्पष्ट पारेको छ ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्षसँग समय लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा अहिले संक्रमित व्यक्ति नरहेको जानकारी गराएका हुन् ।

कोरोनाभाइरस नेपाल प्रवेश गर्न नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइरहेको उनले बताए ।

मन्त्री ढकालले ४३ स्थानमा चेकजाँच गरेर कोरोना नेपाल भित्रिन नदिन सजगता अपनाइएको बताए ।

छिमेकी राष्ट्रसँग जोडिएका १२८ स्थानीय तहलाई २१ बुँदे निर्देशन दिएर सावधानी अपनाइएको जानकारी दिए । 

उपप्रधान एवं रक्षामन्त्री नेतृत्वमा ८ जना मन्त्री सम्मिलित उच्चस्तरीय समितिको बैठक १ दिन बिराएर बस्ने गरेको उनले जानकारी दिए । 

कूटनीतिक बाहेकका भिसा वैशाख १८ गतेसम्मका लागि स्थगित गरेको स्वास्थ्यमन्त्री ढकालले बताए ।
 

कोरोनाविरुद्ध रणनीति बनाउन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ को संक्रमणसँग जुध्ने तयारीका लागि सरकारले सातवटै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौँ बोलाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा सबै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्री सहभागी हुने रक्षामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले बताए ।

कोरोना भाइरसको रोकथामबारे रणनीति बनाउन केन्द्र सरकारको आग्रहमा मुख्यमन्त्रीसहित काठमाडौं आएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालल लोकान्तरलाई जानकारी दिए ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अपराह्न १ बजे बस्नेछ ।

उपप्रधानमन्त्री पोखरेल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक हुन् । बैठकमा अहिलेसम्म सरकारले गरेको पूर्व तयारी र आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा चर्चा हुनेछ ।

त्यस्तै सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना रोकथामका लागि आफ्ना प्रदेशमा गरिएका पूर्वतयारीका बारेमा ब्रिफिङ दिनेछन् ।

विश्वका डेढ सय देशमा हालसम्म करीब डेढ लाख मानिसहरूमा कोभिड १९ को संक्रमण देखिएको छ भने आधाआधी बिरामी निको भएर फर्किसकेका छन् । अहिलेसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ५ हजार नाघिसकेको छ ।

चीनको वुहान प्रान्तबाट शुरू भएको कोरोना चीनमा भने नियन्त्रणमा आइसकेको चिनियाँ स्वास्थ्य विभागले दाबी गरेको छ भने अहिले युरोपका कतिपय देश र अमेरिकामा तीव्र गतिमा फैलिएको छ ।

छिमेकी देश भारतमै पनि पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढेको छ ।

नेपालमा माघको तेस्रो सातामा एकजनामा संक्रमण देखिएको थियो तर ती व्यक्ति निको भएर घर फर्किसकेका छन् । करीब ५ सय जनाको परीक्षण गरिएको भएता पनि हालसम्म नेपालमा कोरोनाको संक्रमण देखिएको छैन ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति भने निरन्तर बैठक बसेर नयाँ नयाँ रणनीति तय गर्न व्यस्त देखिएको छ । प्रत्येक दिन जसो बैठक बसेर केही न केही निर्णय गरिरहेको समन्वय समितिको अनुगमनको काम भने फितलो रहेको आरोप लाग्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्