१४ असार २०८३, आइतबार

काभ्रे घटनाका पीडितलाई दश लाख दिने सरकारको निर्णय

कात्तिक २०, २०७४
काभ्रे घटनाका पीडितलाई दश लाख दिने सरकारको निर्णय
काठमाडौं, ७ बैशाख– सरकारले काभ्रेमा हत्या भएका अनिता मिजार र लक्ष्मी परियारका परिवारलाई राहत स्वरुप जनहि दश दश लाख रुपैपाँ दिने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पीडित परिवारलाई दश दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाइलीले जानकारी दिए ।

सरकारले मन्त्री श्रीपाइलीको संयोजकत्वमा काभ्रे हत्याको छानबीन र राहत सिफारीसका लागि समिति गठन गरेको थियो । समितिमा गृह मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य थिए ।

मन्त्री श्रीपाइलीको संयोजकत्वको समितिले मृतक परिवारका बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रवन्ध गर्न पनि सिफारीस गरेको थियो ।

सोही अनुसार मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई सो व्यवस्था मिलाउन र मृतकको शव परिवारलाई हस्तान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्