२८ जेठ २०८३, बिहीबार

झापाबाट काठमाडौं ल्याइएका बिरामीमा भेटिएन कोरोना भाइरस

झापाबाट काठमाडौं ल्याइएका बिरामीमा भेटिएन कोरोना भाइरस

कोरोना भाइरस कोभिड–१९ संक्रमणको आशंकामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । 

भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई संक्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिश गरिएको थियो । 

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीलाई कोभिड–१९ नभएको स्पष्ट पारे ।

'उक्त बिरामीलाई जाँच गर्दा सामान्य रुघाखोकी र ज्वरो आएको भेटियो तर कोभिड–१९ को भने संक्रमण देखिएको छैन', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्