२७ असार २०८३, शनिबार

सुनौलो तारा : एक फरक धारको रियालिटी शो !

सुनौलो तारा : एक फरक धारको रियालिटी शो !

नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाको प्रतिभालाई उजागर गर्नका लागि फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रसारण गर्न थालेको छ ।

नेपालभरका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा बढी बालबालिकाको अडिसनपछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले शुरू गरेको हो ।

डिशहोमको च्यानल नम्बर १०२ रियालिटी टीभीमा चैत १ गते शनिवारदेखि प्रशारण शुरू हुने कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राति साढे ८ बजे प्रशारण हुने छ ।

रियालिटी टीभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकको लागि उपलब्ध गराइएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको कार्यक्रमलाई सिल्भर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको छ । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख रुपैयाँ डिशहोमले प्रदान गर्नेछ । साथमा अन्य आकर्षक पुरस्कार पनि विजेताले प्राप्त गर्ने छन् । 

salt training

कमेन्ट गर्नुहोस्