२७ जेठ २०८३, बुधबार

कोरोनाबारे भ्रम सिर्जना नगर्न सबैमा आग्रह

चैत ३, २०७६
कोरोनाबारे भ्रम सिर्जना नगर्न सबैमा आग्रह
प्रतिकात्मक तस्वीर

विश्वभर फैलिरहेको कोरोना भाइरसबारे सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना हुने गरी प्रचारप्रसार नगर्न आग्रह गरिएको छ ।

सोमवार काठमाडौंमा विपदपूर्व तयारी सञ्जाल (डिपिनेट नेपाल) ले आयोजना गरेको कोभिड–१९ छलफल कार्यक्रममा सहभागीले विभिन्न सामाजिक सञ्जालमार्फत जनमानसमा भ्रम सिर्जना गर्ने गरी प्रचार नर्गन अनुरोध गरिएको छ । 

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले कोभिड–१९ नेपाल भित्रन नदिन समस्या परिहाल्दा यसका बारेमा सरकारले चालेको कदम स्वागतयोग्य रहेको बताए ।

अध्यक्ष थापाले पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारले त्यसको नियमित अनुगमन गरी दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।

विभिन्न गैरसरकारी संस्थामार्फत नेपाल सरकारको आधिकारिक निकायबाट कोराना भाइरसको रोकथामका लागि भएका प्रयासबारे सबैमा जानकारी गराउने बताइएको छ । बजारमा देखिएको कालोबजारी, कृत्रिम अभाव र गुणस्तरहीन तथा फरक मूल्यभन्दा बढीमा सामान बिक्री भएको सूचना पाएमा तत्काल सरकारी निकायमा जानकारी गराउने जस्ता कार्य गर्ने विषयमा निर्णय गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्