१६ असार २०८३, मंगलबार

प्रेमिकाको हत्यापछि लास लिएर ४५ मिनेटसम्म दुबईको चक्कर

प्रेमिकाको हत्यापछि लास लिएर ४५ मिनेटसम्म दुबईको चक्कर

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा बस्ने एक भारतीयले गाडीभित्र आफ्नो प्रेमिकाको हत्या गरेको आरोप लागेको छ । दुबईको एक अदालतले आइतवार उक्त हत्या आरोपीले हत्या गरेपछि ४५ मिनेटसम्म दुबईमा गाडी चलाएर चक्कर लगाएको बताएको छ । यसबीचमा उसले खाना खान पनि गाडी रोकेको थियो ।

गल्फ न्यूजको खबर अनुसार २७ वर्षको उक्त आरोपीले आफ्नो प्रेमिकाको घाँटी रेटेर हत्या गरेको थियो । करीब ४५ मिनेटपछि उसले पुलिस चौकीको अगाडि गाडी रोकेर आत्मसमर्पण गर्यो । मृतक महिला पनि भारतीय नै थिइन् । यो घटना गत जुलाईको हो ।

प्रहरी अधिकारीले आइतवार अदालतमा भने, ‘जब आरोपी पुलिस स्टेसन आयो तब उ रगतमा लतपत थियो । यो देखेर म अचम्म परें । उ डराएको थियो र उसले मलाई आफ्नो प्रेमिकाको हत्या गरेको कुरा भन्यो । मृतकको शव अगाडिको सीटमा थियो । गाडीको पछाडिको सीटमा रगतले लतपतिएको चक्कु थियो ।’

प्रहरी अधिकारीहरूका अनुसार उक्त व्यक्ति करीब ५ वर्षदेखि मृतकसँगको सम्बन्धमा थियो । उसलाई केही दिन अघि नै महिलाको अन्यत्र पनि सम्बन्ध भएको थाहा भयो । आरोपीले मृतक महिलाको घरमा इमेल पनि गरेको थियो । इमेलमा धोखेबाजी गर्नेलाई मारिदिने धम्की लेखेर पठाएको थियो ।

प्रहरी अधिकारीका अनुसार गाडीमा झडप भएपछि आरोपीले उनको हत्या गर्यो । त्यतिबेला उनीहरू एउटा सपिङ मलको केही टाढा गाडीमा थिए । हत्यापछि आरोपीले एक रेस्टुरेन्टबाट खाना अर्डर गर्यो र पानी पनि किन्यो । त्यसपछि ४५ मिनेटसम्म शहर घुमेपछि आरोपीले आत्मसमर्पण गर्यो ।

salt training

कमेन्ट गर्नुहोस्