२३ जेठ २०८३, शनिबार

कोरोना रोकथाम र नियन्त्रणमा खटिनेलाई १० लाखसम्मको उपचार खर्च, ७५ प्रतिशतसम्म भत्ता

चैत ४, २०७६
कोरोना रोकथाम र नियन्त्रणमा खटिनेलाई १० लाखसम्मको उपचार खर्च, ७५ प्रतिशतसम्म भत्ता

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा स्वंयमसेवकहरूलाई १० लाखसम्मको उपचार खर्चसहित २५ देखि ७५ प्रतिशत सम्म शुरू तलबको भत्ता दिइने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा सोमबार बसेको ‘कोरोना भाइरस रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ को बैठकले कर्मचारी सञ्‍चयकोषले आफ्ना सञ्‍चयकर्तालाई घातक रोगको उपचार गर्न प्रदान गर्दै आएको उपचार खर्च बापतको १० लाखको व्यवस्थालाई कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खटिएका कर्मचारी संक्रमित भएमा निजलाई उपचार गर्दा लाग्ने खर्च समेत सोहि अनुरुप हुने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने भएको छ।

यस्तै, समितिले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आईसीयूसहितका बेड र प्रदेशहरुका आवश्यक अनुसार एक सय १५ ओटा वटा आईसीयू कक्ष अविलम्ब बनाउने निर्णय गरेको छ। समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको निर्णय अनुसार टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल र पाटन अस्पताल गरी ६ वटा अस्पतालमा २०/२० वटाको दरले आईसीयू बेडको व्यवस्था गरिन लागिएको हो। कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्