०९ असार २०८३, मंगलबार

नेयमार बेच्ने धुनमा पीएसजी, कता जालान् ?

चैत ४, २०७६
नेयमार बेच्ने धुनमा पीएसजी, कता जालान् ?

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्वकै महंगा खेलाडी नेयमारलाई बेच्ने तरखर गरेको छ । 

पीएसजीले गत समरमा तोकेको मूल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ ।

ब्राजिली स्ट्राइकरको मूल्य १ सय ३५ मिलियन पाउन्ड हुनेछ। यो गत समरमा राखेको मूल्यभन्दा ५१ मिलियन पाउन्ड कम हो। गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोनाले प्रयास गरेको थियो । 

नेयमारकाे मूल्यमा गिरावट आएसँगै उनलाई पूर्व क्लब बासिलोनाले पुनः अनुबन्ध गर्न सक्ने वातावरण बनेको जनाएको छ ।

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टमेउ र कप्तान लियानल मेस्सीले गत समरमा नेयमारलाई अनुवन्ध गन ठूलो प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

यसपटक पीएसजीले नै छाड्ने बताइसके पछि आउँदो समरमा नेयमार पुनः स्पेनमा फर्कन सक्ने छन् ।

नेयमार सन् २०१७ मा २ सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । 

पहिलो सिजन उनका लागि रमाइलो भएको थियो। तर, पछि भने उनी पेरिसमा खुसी हुन सकेनन् । 

लियोनार्दाेका अनुसार पीएजसी नेयमारलाई बेच्दै अर्का युवा स्टार केलियन एमबाप्पेलाई क्लबमै राख्ने मनसायमा रहनेछ । 

२८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन् । नेपाल समाचारपत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्