×

NMB BANK
NIC ASIA

सुस्त खर्च

कछुवा गतिमा प्रदेश सरकार, ८ महिनामा विकास खर्च मुस्किलले ३० प्रतिशत

चैत ४, २०७६

NTC
Premier Steels

चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा समेत प्रदेश ५ सरकारको विकास खर्चले खासै गति लिन सकेको छैन ।

Muktinath Bank

फागुन मसान्तसम्म ३१ प्रतिशत मात्र बजेट खर्च भएको छ । ८ महिनाको अवधिमा चालूतर्फ ३२.१० र पूँजीगततर्फ ३०.५४ प्रतिशत खर्च भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ ११ अर्ब ४० करोड ५ लाख र पूँजीगततर्फ १८ अर्ब ५७ करोड ३७ लाख रूपैयाँ छ । हालसम्म ११ अर्ब ४० करोड ५ लाख रूपैयाँ मात्र खर्च भएको छ । 


Advertisment
Nabil box
Kumari

प्रदेशको चालू र पूँजीगत खर्च समानुपातिक देखिन्छ । यहीँ गतिमा बजेट खर्च हुने हो भने प्रदेशको सबै विकास बजेट खर्च हुने देखिँदैन ।

Vianet communication

प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले गत वर्षको तुलनामा यस वर्ष बजेट खर्च बढेको बताए । गत वर्ष यहीँ समयसम्म २२ प्रतिशत मात्र खर्च भएको थियो । 

‘आयोजनाहरूको ठेक्कापट्टा भएका छन् । अझै खर्चको दर बढ्दै जान्छ, हाम्रोमा बहुवर्षीय आयोजना छैनन् । भुक्तानी अझै बढ्दै जान्छ,’ उनले भने ।

पूँजीगत खर्चमध्ये १६ अर्ब रूपैयाँ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत छ । चालूतर्फ सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा छ । जेठ मसान्तभित्रै सबै बजेट खर्च गरिसक्ने प्रदेश सरकारको दाबी छ । गत वर्ष प्रदेशले ६३ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।

अहिलेको गतिमा बजेट खर्च हुँदै गए ८० प्रतिशत मात्र बजेट खर्च हुने देखिन्छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १० महिनामै प्रदेशको विकास बजेट खर्च गरिसक्ने बताउँदै आएका छन् ।

प्रदेशको राजस्व लक्ष्य पूरा गर्ने कार्यालयको भनाइ छ । स्थानीय तहहरूले प्रदेशलाई बुझाउनुपर्ने ढुंगागिट्टी र बालुवाको राजस्व अझै सबै स्थानीय तहले दाखिला गरेका छैनन् तर प्रदेशले राजस्वको लक्ष्य धेरै लिएको छैन, लक्ष्य पूरा हुने देखिएको छ ।

प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन, सवारी, मनोरञ्जन, ढुंगागिट्टीको मात्र कर उठाउन पाउँछ । त्यस्तै मनोरञ्जन र विज्ञापन कर प्रदेशले उठाउन पाउने भएपनि यी २ क्षेत्रमा खासै कर उठ्दैन । स्थानीय तहले लगाउने करको दर प्रदेशले निर्धारण गर्ने व्यवस्था छ ।

प्रदेश सभाअन्तर्गत अर्थसमितिका समितिका सदस्यले प्रदेश सरकारले क्षमता अनुसारको बजेट खर्च गर्न नसकेको बताएका छन् । बजेट खर्चको प्रवृत्ति नफेरिएको भन्दै दोस्रो चौमासिक बजेट खर्चको गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् । अघिल्लो वर्षभन्दा सुधारोन्मुख बजेट खर्च देखिएपनि विकास खर्चमा अपेक्षित प्रगति देखाउन नसकेको अर्थ, उद्योग तथा पर्यटन समिति सभापति दधिराम न्यौपानेले बताए ।

प्रदेश सरकारले हाल सञ्चालन गरेका आयोजना तुलनात्मक रुपमा ठूला नभएको अवस्थामा समेत विकास बजेटको खर्च आशातीत उकालो लाग्न नसक्नुले मन्त्रालयगतरुमा दोस्रो चौमासिक बजेट खर्चको समिक्षा गरी खर्च बढाउनुपर्ने उनले बताए ।

‘पूँजीगत खर्च हुने आयोजनाको टेन्डर फागुन सकिनलाग्दा समेत भइरहेका छन् । यसले फेरि पनि असारे विकासको संकेत गरेको छ,’ न्यौपानले भने ।

विगतमा प्रदेश सभाका विषयगत समितिले गरेको अनुगमनलाई आधार मान्दा प्रदेश सरकारले लक्ष्य अनुरुप बजेट खर्च गर्न नसक्ने देखिएको उनले बताए ।

यसैबीच, प्रदेशका मन्त्रालयहरू दोस्रो चौमासिक बजेट खर्चको समीक्षामा जुटेका छन् । चैत १० गतेदेखि सबै मन्त्रालयको वित्तीय प्रगतिको समीक्षा हुने मन्त्री बैजनाथ चौधरीले जानकारी दिए । दोस्रो चौमासिक बजेट खर्चको समीक्षापछि मात्रै मन्त्रालयगत खर्च विवरण सार्वजनिक हुनेछ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै मन्त्रालयलाई फागुनसम्ममा ठेक्का सम्झौता नभएका आयोजनाको विवरण पठाउन पत्राचार गरेको छ । योसँगै मन्त्रालयले अब आयोजनाको ठेक्का सम्झौता गर्न नपाउने भएका छन् । 

सम्झौता नभएका आयोजनाको विवरण प्राप्त भएपछि ती आयोजनाका बजेट समेत ‘सरेन्डर’ हुने मन्त्रालयका योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले जानकारी दिए । ‘ठेक्का नलागेका आयोजनाको बजेट रकमान्तर गरी अन्य आयोजनामा लगाउन सकिन्छ । अर्कोतर्फ ढिला ठेक्का सम्झौता हुँदा असारे विकासको अवस्था आएको थियो,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x