२२ जेठ २०८३, शुक्रबार

बेपत्ताको सूचीमा मन्त्री बिना मगरको नाम !

बेपत्ताको सूचीमा मन्त्री बिना मगरको नाम !

बहालवाला खानेपानी मन्त्री बिना मगरको नाम सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ ।

बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको  सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ ।

आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।

आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए ।

‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला,’ घिमिरेले लोकान्तरसँग भने, ‘उहाँसँग बयान लिएर कुन किसिमको राहत दिने, उजुरीलाई कसरी टुंग्याउने भन्ने निर्णय भएपछि बेपत्ताको सूचीबाट हटाइन्छ । अहिले अनुसन्धानकै क्रममा छ ।’

आयोगले बेपत्ताको सूचीमा समावेश भएका व्यक्तिको विषयमा कुनै सूचना, जानकारी भए उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।

आयोगको सूची अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्, जहाँ २५४ जना बेपत्ता भएको सूचीमा उल्लेख छ ।

दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । 

हेर्नुहोस्, पूरा सूची :

salt training

कमेन्ट गर्नुहोस्