०८ साउन २०८३, शुक्रबार

कोलकातामा एकनारायण अर्यालको भव्य बिदाइ

कोलकातामा एकनारायण अर्यालको भव्य बिदाइ

नेपाल सरकारको सचिवमा बढुवा भएर स्वदेश फर्किन लागेका नेपाली महावाणिज्यदूत एकनारायाण अर्यालको कोलकातास्थितमा भव्य बिदाइ आयोजना गरिएको छ । कोलकोता पोर्ट ट्रष्ट र नेपाल भारत सांकृतिक जनमैत्री संघ कोलकाताले सचिव अर्यालको विदाइ गरेका हुन । 

ट्रष्टले कोलकोता पोर्टको स्तरोन्नतीमा अर्यालले प्रशसनीय काम गरिरहेको उल्लेख गरेको छ । ट्रष्टले एक सम्मान समारोहको आयोजनागरी अर्यालको बिदाइ गरेको हो । नेपाल भारत सांकृतिक जनमैत्री संघ कोलकाताले अर्याललाई सम्माानपत्रसहित बिदाइ गरेको छ ।

‘तपाईंले कोलकोतामा रहदा नेपालले अगाडि बढाउनु पर्ने दौत्य सम्बन्धको अतिरिक्त नेपालले व्यहोर्नु परेको रेलमार्ग सम्बन्धी समस्याको समाधान, पारबहनमा रहेका समस्याहरुको हल, जलमार्गको शुरुआत, कन्टेनरहरुको आफ्नै लिजमा राख्न व्यबस्था मिलाउने लगायत धेरै कार्य गर्नु भएको छ’ जनमैत्री संघले दिएको सम्मानपत्रमा भनिएको छ । 

निजामति कर्मचारी भित्र निर्भिक स्वभावको छवी बनाएका अर्यालले काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेको समयमा भूकम्पको समयमा कृतिक अभाव सृजनागर्ने र कालाबजारी गर्नेमाथी छापा हानेर प्रसंशा कमाएका थिए ।

कोलकोत्तास्थित महावाणिज्य दूतको रुपमा उनले नेपाली व्यबसायीले आयातमा भोग्नु परेका समस्या समाधानमा प्रभावकारी भूमिका खेलेका थिए । 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सचिवमा बढुवा भएर काठमाडौं महानगरमा पदस्थापन भएका अर्याल कार्यभार सम्हाल्न नेपाल फर्किदै छन । 
 

salt training

कमेन्ट गर्नुहोस्