२२ जेठ २०८३, शुक्रबार

यी हुन् कोरोनाका सबैभन्दा कान्छा संक्रमित, ९ महिनाको उमेरमा भाइरसको चपेटामा

यी हुन् कोरोनाका सबैभन्दा कान्छा संक्रमित, ९ महिनाको उमेरमा भाइरसको चपेटामा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड १९ भाइरसको संक्रमणबाट अहिलेसम्म बच्चाबच्चीहरूको मृत्यु भएको छैन । तर संक्रमण भने हुने गरेको छ ।

बेलायतमा एक ९ महिनाको बच्चामा संक्रमण देखिएपछि उनी कोरोनाबाट संक्रमित हुने संसारकै सबैभन्दा कम उमेरको बालक बनेका छन् ।

क्यासियन कोट नाम गरेका ती बालकलाई केही दिनसम्म ज्वरो र रुघाखोकी लागेको थियो । उनका आमाबाबु मिरोस्लाभ र क्यालमले उनलाई अस्पताल लगे ।

उनकी आमा मिरोस्लाभ कोटले स्काई न्यूजसँग भनिन्, 'जब मैले मेरो बच्चालाई अस्पताल लिएर गएँ, त्यतिबेला केही विशेष परीक्षण गर्नुपर्छ भन्दै डाक्टरहरूले भित्र लगे । म बाहिर कुरिरहेको थिएँ । मलाई जहाँ कुर्न लगाइएको थियो, त्यहाँ ठूलो साइनबोर्डमा सम्भावित संक्रमित बस्ने ठाउँ भनेर लेखिएको थियो ।'

उनले थपिन्, 'म र मेरो श्रीमानले हे भगवान भन्दै टाउकोमा हात राख्यौं । त्यतिबेलै एउटा नर्स हामीसामु आएर तपाईंको बच्चालाई कोरोना भाइरसको संक्रमण छ भनेर भनिन् ।'

उनीहरूले आफ्नो बच्चा कोरोना भाइरसबाट संक्रमित भएको कुरा विश्वास गर्न सकेनन् । 'हामी एक अर्कालाई हेरेर हाँस्यौं,' बच्चाकी आमा मिरोस्लाभले भनिन् ।

उनीहरू अहिले आइसोलेसनमा बसेका छन् भने बच्चालाई अस्पतालमा उपचारका लागि राखिएको छ । 'हामीलाई घर गएर सेल्फ आइसोलेसनमा बस भनेर पठाइयो,' उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्