२२ जेठ २०८३, शुक्रबार

१० लाख थान मास्कसहित सानोभर्‍याङबाट एक व्यक्ति पक्राउ

१० लाख थान मास्कसहित सानोभर्‍याङबाट एक व्यक्ति पक्राउ

निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभर्‍याङबाट उनलाई आज पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र  गएराति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौं उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्