०२ असार २०८३, मंगलबार

डान्सिङ वीथ द स्टार नेपाल  रियालिटी शोको मुख्य प्रायोजकमा आईएमई

डान्सिङ वीथ द स्टार नेपाल  रियालिटी शोको मुख्य प्रायोजकमा आईएमई

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित विश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’को पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ ।

बेलायत, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका विश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको विश्वकै नम्बर १ डान्सिङ रियालिटी शोको फ्रेन्चाइज लिइ हिमालय टेलिभिजनले उत्पादन तथा प्रसारण गर्न लागेको हो ।

हरेक शुक्रवार र शनिवार राति सुपर प्राइम टाइम ८ बजेदेखि प्रसारण हुने पहिलो सिजन २६ इपिसोडको हुनेछ ।

विश्वभर चलेको फर्म्याट अनुसार आईएमई डान्सिङ विथ द स्टारमा १२ जना बिभिन्न क्षेत्रका स्टार प्रतियोगी हुनेछन् भने उनीहरूलाई पेयरिङ गर्दै १२ जना प्रोफेसनल कोरियोग्राफरले स्टारसँगै पर्फमेन्स दिनेछन् । कार्यक्रममा २ जना होस्ट र ३ जना निर्णायक हुनेछन् ।

दर्शकको भोट र निर्णायकको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जानेछन् । विजेताले २५ लाख करसहित नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आइएमई र भोटिङ्ग पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घन गरिएको ‘आइएमई पे’ आबद्घ भएका छन् । यसै सम्बन्धमा विशेष कार्यक्रममा हिमालय टेलिभिजन र आइएमइबीच साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यस सम्झौता पश्चात यस कार्यक्रमको नाम आइएमई प्रेजेन्टस् ‘डान्सिङ वीथ द स्टार नेपाल’ रहने छ ।  सम्झौता अनुसार डान्सिङ वीथ द स्टारको भोटिङ्ग राउन्डमा एप मार्फत गरिने सबै भोटिङ्ग ‘आइएमई पे’  एप मार्फत हुनेछ । 

बेलायतबाट शुरु भएको डन्सिङ विथ द स्टार्स हाल करीब ६० देशमा बिस्तार भैसकेको छ भने अमेरिकामा २८ औ सिजन चलिसकेको छ । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ र नेपालमा पनि यस शो ले थप उचाई हासिल गर्ने आइएमईसँगै साझेदारी संस्थाहरूको विश्वास रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्