
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकका लागि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी सँगसँगै राख्ने अभ्यास केही महिनाअघि भएको थियो ।
तर प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि बालुवाटारमा बसेको पहिलो सचिवालय बैठकमा प्रचण्डको त्यो कुर्सी गुमेको छ । प्रचण्ड पुनः पहिलेझै सोफामा सरेका छन् ।
बुधवारको सचिवालय बैठकको तस्वीरमा प्रचण्ड छुट्टै सोफामा बसेको देखिएको छ भने बैठकमा सहभागी सबै सचिवालय सदस्यले मुखमा मास्क लगाएका छन् ।
अध्यक्ष प्रचण्डले कार्यकारी अधिकार पाएपछि ओलीसँग छुट्टै कुर्सीमा बसाउने अभ्यास भएको थियो । बुधवारको तस्वीरमा भने बैठक कक्षको अगाडि ओली मात्रै कुर्सीमा देखिएका छन् भने प्रचण्ड लगायत अन्य सचिवालय सदस्य सोफामा बसेका छन् ।
ओलीको मिर्गाैला प्रत्यारोपण हुनुअघि भने प्रचण्ड पनि अगाडि छुट्टै कुर्सीमा बस्दै आएका थिए ।
यस्तो थियो प्रचण्ड बस्ने कुर्सी –
