२४ असार २०८३, बुधबार

ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै अपमान गरेपछि चीनबाट ३ अमेरिकी पत्रकार आउट !

ट्रम्पले कोरोनालाई ‘चिनियाँ भाइरस’ भन्दै अपमान गरेपछि चीनबाट ३ अमेरिकी पत्रकार आउट !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ भाइरसलाई 'चिनियाँ भाइरस' भन्दै टिप्पणी गरेपछि चीनले त्यसको कडा भर्त्सना गरेको छ ।

सोमवार राष्ट्रपति ट्रम्पले चिनियाँ भाइरसबाट प्रभावित उद्योगहरूलाई अमेरिकाले सहयोग गरिरहेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ।

ट्रम्पको यस्तो भनाइ आएपछि बुधवार चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यद्यपि चीनको विदेश मन्त्रालयले अमेरिकाले केही चिनियाँ सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएपछि यस्तो निर्णय लिनुपरेको बताएको छ ।

बुधवार चिनियाँ विदेश मन्त्रालयले द न्यूयोर्क टाइम्स, द वाशिङ्टन पोस्ट र द वाल स्ट्रीट जर्नलका पत्रकारहरूलाई उनीहरूसँग रहेको सञ्चारकर्मीको अनुमतिपत्र १० दिन भित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले चीनमा उनीहरूको गतिविधिबारे पनि सूचना माग गरेको छ ।

उक्त कदम अमेरिकामा ‘चिनियाँ सञ्चारमाध्यममाथि लगाइएको अनावश्यक प्रतिबन्धहरूको” प्रतिक्रिया भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ ।

चीनका अर्धस्वायत्त क्षेत्र हङ्कङ र मकाउमा समेत ती अमेरिकी पत्रिकाका पत्रकारले काम गर्न नपाउनेगरी मन्त्रालयले प्रतिबन्ध लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्