०७ साउन २०८३, बिहीबार

निको भएर फर्किन् १०३ वर्षकी कोरोना संक्रमित वृद्धा

निको भएर फर्किन् १०३ वर्षकी कोरोना संक्रमित वृद्धा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ग्रस्त १ सय ३ वर्षकी इरानी महिला निको भएर घर फर्केकी छिन् ।

कोरोनाको संक्रमणले वृद्धवृद्धाको मृत्युदर बढिरहेको बताइएकाबेला इरानका समाचार संस्थाहरूले १०३ वर्षकी महिला निको भएर घर फर्केको बताएका हुन् ।

नाम नखुलेकी ती वृद्धा १ हप्ताअघिदेखि आइसोलेसनमा उपचार गराइरहेकी थिइन् ।

 ‘उनलाई पूर्ण रूपमा निको भएपश्चात मंगलवार अस्पतालबाट डिस्चार्ज गरिएको थियो,’ इरानका सेमनान चिकित्सा विश्वविद्यालयका प्रमुख नाभिद दनायीको भनाइ उदृत गर्दै इरानी समाचार संस्था आइआरएनएले समाचार लेखेको छ ।

यसअघि केर्मनका ९१ वर्षीय कोरोना संक्रमित वृद्ध पूर्णरूपमा निको भएर घर फर्केका थिए ।

salt training

कमेन्ट गर्नुहोस्