२३ असार २०८३, मंगलबार

कोरोनाविरुद्ध कडा रूपमा प्रस्तुत हुने नेकपाको निर्णय

चैत ६, २०७६
कोरोनाविरुद्ध कडा रूपमा प्रस्तुत हुने नेकपाको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना भाइरस) विरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपाको सचिवालय बैठकले कोरोना भाइरसबाट बच्न उच्च सर्तकता र सजगता अपनाउनुका साथै त्यसविरुद्ध कडा कदम चाल्न निर्णय गरेको सचिवालयका सदस्य एवम् वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । 

कोरोना भइरसको संक्रमणबाट बच्न र बचाउनका लागि जस्तोसुकै कदम चलाउनु परे त्यसका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने समेत निर्णय भएको बताउँदै उनले त्यसका लागि पार्टी पंक्तिको पनि सहयोगी भूमिका रहने बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्