
सरकारले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुलुकभित्र हुन नदिन रोकथाम तथा नियन्त्रणको प्रयासलाई सरकारले कडाइ गरिरहेको बेला बिहीवारबाट शुरू हुन लागेको एसईई परीक्षा स्थगित गरिएको हो।
यसपटक चार लाख ८२ हजार ७ सय ७ विद्यार्थीले एसईईमा सहभागिता जनाउँदै थिए । सरकारले परीक्षाको लागि सबै आवश्यक तयारी पूरा गरिएको जनाएपनि अन्तिम समयमा आएर परीक्षा स्थगित गरिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।