काठमाडौं, ७ बैशाख – यस वर्षको वसुन्धराश्री पुरस्कार साहित्यकार प्रा.डा. तारानाथ शर्मालाई दिइने भएको छ । वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै प्रतिष्ठानको उक्त विशेष बैठकले नेपाली साहित्यलाई अझ स्तरीय बनाउन भूमिका खेलेको भन्दै साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपालीलाई यस वर्षको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अघि पनि संस्थाले साहित्यकारलाई सहयोग गर्दै आएको थियो । वसुन्धराश्री पुरस्कारको राशि दगद ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ भने मानश्री पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र रहेको छ ।