१३ असार २०८३, शनिबार

बन्द फिर्ता

कात्तिक २०, २०७४
बन्द फिर्ता
बुटवल, ६ पुस - स्थानीय प्रशासन र युवा सङ्घबीच पाँचबुँदे सहमति भएको छ । जसमा घटनाको छानबिन र अपराधीलाई कडा कारबाही गर्ने, सहिद घोषणाका लागि सिफारिस गर्ने, रुपन्देहीका मुख्य क्षेत्रलगायत पहिलो चरणमै देवदह क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने लगायत रहेका छन् । प्रशासनसँगको भएको सहमतिपश्चात् स्व दुर्गा तिवारीको शव आफन्तले आज बुझेका हुन् ।

प्रशासनसँगको सहमतिपश्चात् शव यात्रा सकिएपछि रुपन्देही देवदहका व्यवसायी तथा युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याविरुद्ध युवा सङ्घले तीन दिनदेखि आह्वान गरेको बन्द हडतालको कार्यक्रम फिर्ता भएको सङ्घका केन्द्रीय सचिवालय सदस्य देवराज पोखरेलले जानकारी दिए । बन्द हडताल फिर्ता भएपछि यस क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन थालेका छन् ।
तिवारीको अज्ञात समूहको सोमबार गोली प्रहारबाट हत्या भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्