
कतार र भारतका विमानस्थलमा अलपत्र परेका १६३ नेपालीको उद्धार गरिएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको शुक्रवारको निर्णय अनुसार नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको हो ।
विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याएर नेपाली सेनाले क्यारेन्टाइनमा राख्न लागेको छ । भारतको विमानस्थलबाट २८ जना र कतारबाट १३५ जना नेपालीलाई उद्धार गरेको ल्याइएको छ ।
नेपाली सेनाले क्वारेन्टाइनको लागि भक्तपुरको चाँगुनारायणस्थित खरीपाटीमा नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाएको क्वारेन्टाइन सेन्टरमा राख्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले लोकान्तरलाई बताए ।
विदेशमा अलपत्र नेपालीको उद्धार गर्नुपर्ने माग बमोजिम उच्चस्तरीय समितिले शुक्रवार उद्धार गरेर ल्याउने निर्णय गरेको थियो ।