
पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेड मलले सटर भाडामा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
कोरोना भाइरसको प्रभावले व्यवसायी मर्कामा परेको भन्दै मलले यस्तो निर्णय गरेको मल अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।
‘हाललाई प्रथम चरणमा चैतको भाडामा कुल रकमको आधा अर्थात् ५० प्रतिशत छुट प्रदान गरिएको हो,’ गण्डकी प्रदेश सांसद समेत रहेका मल अध्यक्ष थापाले भने, ‘आवश्यक परे आगामी वैशाखमा पनि छुट निरन्तरता दिइनेछ ।’
यसैगरी मलले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याजदरमा कम्तीमा ५० प्रतिशत छुट प्रदान गर्न आग्रह गरेको छ । पोखराको प्रतिष्ठित सो ट्रेड मलमा हाल ५ सय ३ वटा सटर सञ्चालित छन् ।
कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाइएकोमा मल प्रवेश गर्नेले अनिवार्य स्यानिटाइजर प्रयोग गर्नुपर्छ । सोको गत सातादेखि व्यवस्था मिलाइएको मलका प्रबन्ध निर्देशक मीनराज काफ्लेले बताए ।