१२ असार २०८३, शुक्रबार

तपाईंलाई थाहा छ, ह्याण्ड स्यानिटाइजर कसरी बन्यो ?

तपाईंलाई थाहा छ, ह्याण्ड स्यानिटाइजर कसरी बन्यो ?

यो संसारमा करीब ५० वर्षदेखि ह्याण्ड स्यानिटाइजरको प्रयोग भइरहेको छ । तर कोभिड १९ (कोरोना) भाइरस फैलिएपछि यसको माग अत्याधिक बढिरहेको छ ।

अहिले हरेकलाई स्यानिटाइजरका बारेमा थाहा छ । यतिबेला डर, त्रासकै कारणले पनि मान्छेहरू स्यानिटाइजरको प्रयोग गरिरहेका छन् ।

एक अध्ययनका अनुसार ह्याण्ड स्यानिटाइजर अथवा तरल साबुनको माग ४ सय भन्दा बढी प्रतिशतले बढिरहेको छ ।

तर तपाईंलाई थाहा छ, यसलाई कसले बनाएको हो ?

सन् १९६६ मा क्यालिफोर्नियाको बेकर्सफिल्डमा अध्ययन गरिरहेकी एक विद्यार्थी लुप हर्नान्डेजले सोचिन् कि हात बिना साबुनपानीले पनि सफा गर्न सकिन्छ । हातमा साबुन र पानी नलगाइकन पनि सफा गर्न सकिन्छ भनेर उनले सोच्नु नै स्यानिटाइजरको आविष्कार हुनु थियो ।

जब डाक्टर बिरामीसँग जान्छन् त्यतिबेला साबुनपानीले हात धुन लगाउने समयको सट्टा छिटो कसरी हात सफा गर्न सक्छन् भन्ने उनको उद्देश्य थियो ।

जब उनले अल्कोहललाई जेलजस्तै बनाएर हातमा लगाइन् तब हातका किटाणुहरू मरे । अनि संसारलाई ह्याण्ड स्यानिटाइजर् प्राप्त भयो ।

अहिले संसारभर उनलाई धन्यवाद दिनेको संख्या बढ्दै छ । सामाजिक सञ्जाल ट्वीटरमा फोर्दाम विश्वविद्यालय पुस्तकालय नामको ह्यान्डलले उनको नाम लिँदै हामी आभारी छौं भनेको छ ।

त्यस्तै जोश नामका एक ट्वीटर प्रयोगकर्ताले लुप हर्नान्डेजलाई धेरै धन्यवाद भन्दै पोस्ट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्