२४ असार २०८३, बुधबार

किम जोङ उनलाई मतलब छैन कोरोनाको, क्षेप्यास्त्र परीक्षण गर्न व्यस्त

किम जोङ उनलाई मतलब छैन कोरोनाको, क्षेप्यास्त्र परीक्षण गर्न व्यस्त

उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । 

दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो । 

विश्वभरी कोरोनाको सङ्क्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । कोरोनाको सङ्क्रमबाट विश्व नै आक्रान्त भइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गर्न अति नै असान्दर्भिक भएको दक्षिण कोरियाका अधिकारीहरुले टिप्पणी गरेको छ । 

उनीहरूले यस्ता असान्दर्भिक र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् । उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोरोना भाइरसको सङ्क्रमण नभएको दावी गरिएको छ । 

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दुई लाख ७६ हजार ४६८ जना सङ्क्रमित भएका छन् भने ११ हजार ४१७ जनाको मृत्यु भएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । 

कोरोना भाइरस कहाँ कसरी फैलिरहेको छ भन्ने देखाउने वर्ल्ड ओ मिटर नामको वेबसाइटले उत्तर कोरियामा अहिलेसम्म संक्रमण नभेटिएको उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्