०९ असार २०८३, मंगलबार

कोभिड–१९ : भीमाद नगरपालिकामा आपतकालीन कोष

चैत ९, २०७६
कोभिड–१९ : भीमाद नगरपालिकामा आपतकालीन कोष

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि तनहुँको भीमाद नगरपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन नगरपालिकाले रु तीन लाख बजेट व्यवस्था गरी  कोष सञ्चालनमा ल्याएको छ । 

वडाभर सचेतना कार्यक्रम सञ्चालनका लागि कोषमा रकम जम्मा गरिएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । नगरवासीलाई सो भाइरसको सङ्क्रमणबाट सुरक्षित बनाउन प्रत्येक वडामा समिति गठन गरी सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए ।  

सो भाइरस सङ्क्रमित भएको भेटिए तत्काल उपचारका लागि व्यवस्था मिलाउने जनाएको छ । 'कोभिड–१९ को सङ्क्रमण भएको शङ्का लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने छौँ', थापाले भने। नगरपालिकाको खर्चमा नै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सम्भावित विरामीलाई उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरिएको छ 

आइसोलेसन कक्षको निरीक्षण

जिल्लाका सुरक्षा निकायका प्रमुखले सो केन्द्रमा निर्माण गरिएको सो कक्षको निरीक्षण गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी नेतृत्वको टोलीले उपचार केन्द्रमा निर्माण गरिएको कक्षको निरीक्षण गरेका हुन् ।

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले आइसोलेसन कक्षको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । 

उपचार केन्द्रको तेस्रोतलामा जनरल वार्डको उत्तरतर्फ आइसोलेसन कक्ष छ । उपचार केन्द्रका तीन स्वास्थ्यकर्मीलाई कोरोनाको नमूना सङ्कलन गर्न तालिम दिइएको छ ।

'शङ्कास्पद बिरामी आएमा घाँटीको तल्लो भागको स्वाबको नमूना सङ्कलन हुनेछ, उक्त स्वाब तत्कालै काठमाडौँ पठाएर परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ', उनले भने। उनका अनुसार ४८ घण्टाभित्र सो भाइरसको सङ्क्रमण भए÷नभएको प्रतिवेदन आउनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्