२९ असार २०८३, सोमबार

कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरू

चैत ९, २०७६
कोभिड–१९ : तीन अस्पतालमा ज्वरो जाँच सेवा शुरू

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न  यहाँका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा)  सञ्चालमा ल्याएका  छन् ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको   कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल पर्सन)  डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनले भने, 'फिभर क्लिनिकमा ज्वरो आएका र  भाइरस सङ्क्रमणका  आशङ्का गरिएका  बिरामी जाँच हुने छ ।  सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।'

नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) सञ्चालन गर्न  निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले  छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् ।

त्यसैगरी आज (आइतबार)देखि यहाँ मा ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरू हुने भएको छ ।  रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् । 

स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र  समस्या जानकारी गराइ  जाकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ ।

रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ ।  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले  सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र  भीडभाड हुने स्थानमा नजान आग्रह गरे ।  

salt training

कमेन्ट गर्नुहोस्