१५ असार २०८३, सोमबार

सामुहिक बलात्कारपश्चात्  चाेरी गरी फरार २ जना आरोपित पक्राउ

सामुहिक बलात्कारपश्चात्  चाेरी गरी फरार २ जना आरोपित पक्राउ

पाँच जनाकाे डाकाहरूकाे समुहले एक महिलालाई सामुहिक बलात्कार गरि फरार दुई अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला नुवाकोट शिबपुरी गा.पा वडा नं.०५ स्थितमा बस्ने बर्ष ३७ की एक महिलालाई पाँच जनाकाे समुहमा आएका डाँकाहरूले सामुहिक बलात्कार गरि फरार दुई अभियुक्त पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बिष्णु फुयालले नुवाकोट जिल्ला साबिक माहाकाली गा.बि.स. वडा नं.०९ हाल शिबपुरी गा.पा वडा नं.०५ बस्ने बर्ष २५ को उमेश तामाङ र जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा वडा नं.०५ बस्ने बर्ष ३२ को सानोकान्छा तामाङलाई पक्राउ गरेकाे पुष्टि गरे ।

प्रहरी निरीक्षक फुयालले भने', आफ्नै घरमा सुतिरहेको अबस्थामा  उमेश तामाङ र सानोकान्छा तामाङ  समेतका ५(पाँच)जनाको समुह आई काठको झ्याल ढोका फोडी घरभित्र प्रबेश गरी पिडितको हाताखुट्टा बाधी करणी सम्बन्धी कसुर गरी निजको घाटिमा लगाएको सुनको सिक्री तथा हातको औठी लगायतका घरमा रहेको अन्य जिन्सी तथा नगद लिई भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी परिचालित भई दुई जनालाइ पक्राउ गर्न सफल भएका छाै थप तीन जनाफरार तिनजना प्रतिबादीहरुलाई खाेज तलास गर्ने कार्य जारीरहेको छ ।'

पिडित महिलाकाे लिखित जाहेरीकाे अाधारमा दुई जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उक्त घटनामा संलग्न  उमेश तामाङ र  सानोकान्छा तामाङ काठमाण्डौको कपन  वाट लुकीछिपी बसेको अबस्थामा पक्राउ परेका थिए ।

पक्राउ परेका उनीहरूलाई   थप अनुसन्धानको लागी जिल्ला अदालत नुवाकोटबाट ५ दिनको म्याद  थप गरिएको र अन्य फरार तिनजना प्रतिबादीहरुलाई खाेजतलास भइरहेकाे प्रहरीले बताएकाे छ  । 

साथै सोही रात ती डाँका समुहले साेही स्थान बस्ने रामसिंह तामाङको घरमा समेत चोरी गरेपश्चात घरधनि रामसिंह तामाङलाई कुटपिट गरी फरार फरार भएका थिए ।

पिडित रामसिंह तामाङले प्रतिबादीहरुलाई   चोरी सम्बन्धी कसुर(डाँका मुद्दा)मा  जाहेरी दरखास्तमा समेत दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्