
संसारभरि कोरोनाभाइरसको त्रास फैलिँदै जाँदा मानिसहरू घरैमा बस्न बाध्य भएका छन् । विभिन्न शहरमा लकडाउन गरिएको छ ।
लकडाउनकै बीचमा एक जोडीले विवाह समेत गरेको छ ।
घटना स्पेनको हो । स्पेनका अल्बा डियाज र ड्यानियल क्यामिनोले आफ्नो अपार्टमेन्टको झ्यालबाट हेर्दै शनिवार बिहे गरेका हुन् ।
उनीहरूको विवाह हुँदा छिमेकीहरू पनि आआफ्ना झ्याल र बाल्कोनीमा उभिएका थिए । उनीहरूले जोडीलाई बधाई समेत दिए ।
वास्तवमा यस जोडीले पहिले नै बिहेको योजना बनाएको थियो तर लकडाउनको स्थिति आएपछि झ्यालमा उभिएर बिहे गर्ने निर्णय लिए ।