
कैलालीको गोदावरीमा भएको बिस्फोटमा परेर १ जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–४ फुलबस्तीमा पित्तल जस्तो देखिने वस्तु विस्फोट भएर ४० वर्षीय नरबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरीले पित्तल जस्तो देखिने वस्तु जंगलमा भेटेर घरमा ल्याएर तताउँदा विस्फोट भएर विकको मृत्यु भएको बताए ।
घटनाबारे बुझ्न इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्ट नेतृत्व टोली घटनास्थलमा गएको छ ।